निजगढ,निजगढ नगरपालिकामा थप ८ जना कार्यपालिका सदस्य पदको लागि आगामी जेष्ठ १६ गते हुने निर्वाचनको लागि बिहीवार नेकपा एमाले र नेपाली कांग्रेशका उम्मेदवारहरुले मनोनय पत्र दर्ता गराएका छन ।
निजगढ अधिकृतको कार्यालयले मनोनय पत्र दर्ता गर्ने उम्मेदवारहरुको अन्तिम नामावली पनि हिजो नै प्रकाशन गरेको छ । निर्वाचन कार्यालयका अनुसार दलित वा अल्पसंख्यक समुदायतर्फबाट ३ जना सदस्य पदको लागि नेकपा एमालेको तर्फबाट चम्पा परियार, मनमायाँ विक, संन्तोष दनुवार, र नेपाली कांग्रेशको तर्फबाट मानबहादुर डासेली, मैयाकुमारी सुनुवा र शर्मिला विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यसैगरी ५ सदस्यीय महिला सदस्य पदमा नेकपा एमालेको तर्फबाट आशा चौलगाई, चण्डिका उप्रेती, मनमाया श्रेष्ठ, भगवती घिमिरे र मिना सुनारले मनोनय पत्र दर्ता गर्नुभएको हो । त्यसैगरी सोही पदमा नेपाली कांग्रेशको तर्फबाट पवित्रा सुनार, फुलमाया घलान, मनमाया तामाङ्ग, मनमाया मगर र मिरा चौरेलले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो । निजगढ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिका सदस्यको लागि दलित र अल्पसंख्यकबाट ३ र महिला समुदायबाट मतदान प्रकृयाबाट थप ५ जना सदस्यको चयन गर्ने छन । निजगढमा यसअघि गठबन्धन गरेर चुनाव लडेका कांग्रेश र माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा पनि एकता गरेका छन । जसअनुसार ८ मध्ये दुबै दलले ४÷४ जना सदस्य बाँढेका छन ।