एजेन्सी, साउन ६, सिरि ए फुटबलमा युभेन्टस सहज जीत निकालेको छ । सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ ले हराएको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे । रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन ।

 

रोनाल्डोको पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । युभेन्ट्स पछिल्लो तीन खेलमा जित निकाल्न असफल देखिएको थियो । अब युभेन्ट्सलाई लिग उचाल्न बाँकी ४ खेलमा मात्र ४ अंक आवश्यक देखिएको छ ।

शीर्ष स्थानको युभेन्ट्सको ८० अंक भएको छ । दोस्रो स्थानको ईन्टरसँग युभेन्ट्सले ८ अंकको अग्रता लिएको छ । चौथो स्थानको लाजियो ६९ अंक सहित च्याम्पियन्स लिग छनोटको दौडमा यथावत छ ।

Leave a Reply