नरेश गुप्ता

बरियारपुर,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५ सय मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।

स्थानीय राजबंशी पासवानका छोरा वर्ष २५ का दिपक पासवानलाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान तहकिकात गर्दा ३ गते राती करिव ११ बजेको समयमा जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवी आलम र सोहि ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत मिली पासवानको घाँटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले प्रहर गरी निर्ममतापुर्वक घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपराधबाट बच्नको लागि मृतक लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी बारदात पश्चात गाउँघर छाडी भागी फरार भएको भनि खुल्न आएको र निज शेख सलिम र शेख नवि आलमलाई खोजतलासको क्रममा आइतवार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका दुबैजना माथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Leave a Reply