कृष्ण मोहन साह
सेढवा,२ दिनअघि ठोरी गाउँपालिका वडा नम्बर ५ को बाघमोर्चा मन्दिर छेउमा ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका ठूलो बाघमोर्चाका प्रबिण पाख्रीनको आइतवार वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।
आइतवार बिहान ११ बजे उनको निधन भएको परिवारलाई उद्धृत गर्दै सुवर्णपुर निवासी सुन लामाले बताउनुभयो । लामाका अनुसार पाख्रीनको शबलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ ।
२ दिन अघि भएको घटनाका दोषी मध्ये १ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपीले ओम प्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएकोमा १ जना घटनामा संलग्न रहेको पुष्टि भएको छ भने बाँकी ३ जनालाई घर फर्काइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।