निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ मा कांग्रेशका सहैया गुरो ८ मतले विजयी बन्नुभएको छ । कांग्रेशका सहैयाले ६९० मत प्राप्त गर्दा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रामबाबु स्याङ्गतानले ६८८ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यमा भने कांग्रेशका १ र एमालेको तर्फबाट ३ जना विजयी बनेका छन ।

वडा नम्बर ११ मा एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ६ सय ८८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट कांग्रेशका सुरेश खनालले ६ सय ३० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालकी सोममाया थिङ्गले ७ सय १९ र माओवादीका रवि दङ्गालले ४५० मत प्राप्त गर्नुभएको छ । यसअघि वडा नम्बर १२ मा कांग्रेशका ज्ञानबहादुर गोले विजयी बन्नुभएको थियो । गोले ८ सय ७१ मतसहित निजगढ वडा अध्यक्षमा विजयी बन्नुभएको हो ।

निकटम प्रतिद्धन्दी युवक मुक्तनलाई २ सय ४९ मतले पराजित गर्दै गोले विजयी बन्नुभएको थियो । नेकपा एमालेका उम्मेदवार मुक्तनले ६ सय २२ मत प्राप्त गर्नुभएको छ । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा २ सय ६९ फराकिलो मतान्तरण सहित विजयी हुनु भएका गोले यसपटक पनि बिजयी हुनु भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ को मत गणना पुरा हुँदा कांग्रेशबाट मेयरका उम्मेदवार सुरेश खनालले ३ सय ८ मतको अग्रता कायम गर्नुभएको छ । खनालले २ हजार २ सय २ मत प्राप्त गर्नुभएको छ भने एमालेका सुरथ पुरीले १ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा भने एमालेकी सोममाया थिङ्गले अग्रता बनाउनुभएको छ । उहाँले २ हजार ९ मत प्राप्त गर्नुभएको छ भने माओवादीका रविराज दङ्गालको १ हजार ६ सय ९७ मत रहेको छ ।

निजगढ नगरपालिका कार्यालयमा जारी मतगणनामा वडा नम्बर ८, ९ र १० को मतगणना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here