नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी ।

कृपा संवाददाता
कलैया – नेपाल सरकारले दिएको सरकारी गाडी स्थानीय तहको निर्वाचनमा प्रयोग भएको भन्दै अर्को आचोचना भएपछि सो गाडीलाई प्राइभेटमा परिवर्तन गरी प्रयोगमा ल्याईएको पाईएको छ । बा २ झ ५८६१ नम्बरको सरकारी गाडी लाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले प्राइभेटमा परिवर्तन गरी निर्वाचनमा भोट माग्दै हिडेको पाईएको छ ।

सरकारी गाडीलाई रातो प्लेट बा १२ च ७४३१ नम्बर बनाएर चलाउदै ।

नेपाल सरकारको मन्त्रीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । नेपाली काँग्रेसका सह महामन्त्री समेत रहेको खानेपानी मन्त्री चौधरीले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर स्थानीय तहको निर्वाचनमा भोट माग्दै प्रयोग गरेको देखिन्छ ।

 

खानेपानी मन्त्री चौधरीले सरकारी गाडीलाई रातो प्लेट बा १२ च ७४३१ नम्बर बनाएर चलाएको पाइएको छ । त्यती मात्र नभई सरकारमा भएको व्यक्ती भोट माग्नु र निर्वाचनको बेला भाषण ठोक्दै हिडदै छन् । आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रसका सहमहामन्त्री चौधरीले चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बाराको कोल्हवी नगरपालिकामा चुनाबी प्रचारप्रसारको अन्तिम दिन मंगलबार खानेपानी मन्त्री चौधरीले सरकारीले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

 

स्थानीय तह निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

 

 

बा २ झ ५८६१ नम्बरको सरकारी गाडी ।

कार्वाही गर्ने निकाय नै मौन बसेको देखिन्छ । कोल्हवी नगरपालिकाको निर्वाचन अधिकृत रमेश श्रेष्ठसँग बुझदा यस विषयमा आफूलाई कसैले जानकारी नगराएको प्रतिकृया दिनुभयो । यहि सरकारी गाडीमा प्राइभेट नम्बर हाली चलाईएको पाईएमा नियमानुसार कार्वाही गर्ने समेत जानकारी दिनुभयो ।

Leave a Reply