गत हप्ता भरतपुरमा आयोजित गठबन्धनको सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जिताउने सवालमा मतदाताहरुलाई धम्की दिएको कुरा बाहिर आयो । उनले सार्वजनिक कार्यक्रममार्फत नै छोरीले नजिते देश दुर्घटनामा जाने कुरा गरेपछि उनको भनाइको चौतर्फी आलोचना भइरहेको छ । वास्तवमा भरतपुरमा रेनुले नजिते के देश साँच्चै दुर्घटनामा पर्छ त ? यो प्रश्न महत्वपूर्ण हो ।
आम नागरिकहरुले भने त्यस्तो देखेनन् र प्रचण्डको कुरामा शंका धेरै गरे । साच्चो कुरा चाहि के हो भने रेणुको पराजयपछि भने चितवनमा प्रचण्डको पनि भविष्य अन्धकारमा पर्ने संभावना चैं छ । यो अर्थमा पनि प्रचण्डको बढी चिन्ता होला । भरतपुरमा सहज छैन त्यो स्पष्ट भइसकेको पनि कुरा हो ।
यसरी मतादातालाई धम्की दिनु भनेको चैं लोकतन्त्रमाथिको उपहास नै हो । काँग्रेसका सबै नेता कार्यकर्ताहरुले मत नदिने कुरा स्पष्ट भइसकेको अवस्थामा अब रेणुको जितलाई सहज रुपमा लिन सकिन्न । तैपनि चुनाव हो जनताको मन जित्नेले नै बिजयी हासिल गर्ने हँुदा धम्की आफैमा आपत्तिजनक कुरा हो ।