सिमरा,अधिवक्ता एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका कानुनी सल्लाहकार दामोदर पौडेलले नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार रहनुभएकी सरस्वती चौधरीलाई अख्तियारको पत्रसंग जोडेर सामाजिक संजालमा भइरहेको टिकाटिप्पणीमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

सात महिनाअघि चौधरी उपप्रमुख रहेका बेला अख्तियारले नदिजन्य पदार्थ बिक्री सम्बन्धमा जानकारी लिनका लागि कार्यालयका कर्मचारी समेतलाई पत्रमार्फत बोलाएको विषयलाई लिएर सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेपछि अधिवक्ता पौडेलले उक्त कुरामा कुनै सत्यता नरहेको बताउनुभएको हो ।

उपप्रमुख चौधरीसहित अख्तियारको कार्यालयमा पुग्नुभएका अधिवक्ता पौडेलले सामान्य मौखिक जानकारी लिनका लागि मात्रै बोलाएको जानकारी दिनुभयो । ‘अख्तियारले जानकारी लिनका लागि पत्रमार्फत बोलाएको रहेछ, म पनि गएको थिए’ अधिवक्ता पौडेलले भन्नुभयो, ‘त्यहाँ गएर मौखिक रुपमा सामान्य जानकारी लिने काम भयो । बयान, सहिछाप कतै केही गराएको होइन् । निर्वाचनको बेला जनतालाई भ्रमित पार्ने काम कसैले गर्नुहुदैन् ।’

उक्त पत्र सामाजिक संजालमा राखेर भष्ट्राचार गरेको आरोप लगाइएको छ भन्ने प्रश्नमा अधिवक्ता पौडेलले चुनावको समयमा त्यस्तो विषय ल्याउनु गलत रहेको बताउनुभएको छ ।

Leave a Reply