निजगढ,निजगढ नगरपालिका ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरले आयोजना गरेको दन्त शिविरमा १२० जनाले दाताको परीक्षण गराएका छन ।रौतहटको चन्द्रपुरस्थित प्रणामी डेन्टल हाउस, प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र समुदायमा आधारित प्रसुती गृहको सहयोगमा शनिवार भएको सो शिविरमा चेक जाँच गरिएका १२० जना मध्ये १६ जनाको दात निकालिएको थियो ।
मन्दिर स्थापनाको ३१औं बार्षिकोत्सवको अवसरमा महायज्ञसहित पञ्चदिवसीय कार्यक्रम अन्तर्गत दन्त शिविरको आयोजना गरिएको हो । मधेस प्रदेश सभा सदस्य मिना लामाले एक कार्यक्रमबीच शिविरको उद्धाटन गर्नुभएको थियो ।
यसअघि मन्दिर व्यवस्थापन समितिले शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ११ जना महिलासहित ६३ जनाले रक्तदान गरेका थिए । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले रक्तदान कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । मन्दिर संचालक समितिका सदस्य एवंम बार्षिकोत्सव कार्यक्रम स्वास्थ्य समिति संयोजक केशव सापकोटालाई किट हस्तान्तरण गरेर सांसद मैनालीले कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र हेटौडाका प्राविधिक टोलीले सहयोग गरेको थियो ।
महायज्ञमा विदुषी उषा घिमिरे साहित्यचार्य जनार्दन महाराज र धर्म प्रचारक श्यामदास कुंवरलगायत अन्य पण्डितहरुले श्रीकृष्ण कथा बाचन गरिरहनुभएको छ ।त्यसैगरी युथ अफ निजगढको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा जनाले रक्तदान गरेका छन ।निजगढ ९ स्थित शहिद चोकमा भएको सो रक्तदानमा महिलासहित ले रक्तदान गरेका हुन । शिविरमा निजगढ ८ का केदार चौलागाईले ५१औं पटक रक्तदान गर्नुभएको थियो । उहाँले रक्तदान गर्नाले शरीरमा कुनै असर नपर्ने बरु फाइदा हुने बताउनुभयो ।रक्तदान कार्यक्रममा भरतपुर अस्पतालको प्राविधिक टोलीले सहयोग गरेको युथ अफ निजगढका अध्यक्ष कमल बजगाईले जानकारी दिनुभयो ।


















