अनिल तिवारी
सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन सम्बन्धि दुई अभिमुखिकरण कार्यक्रमको आयोजा गरेको छ । यस स्थानिय तहमा निर्वाचित पदाधिकारी तथा अन्य सरोकारबालालाई बालमैत्री स्थानिय शासनको बारेमा जानकारी गराउन यो कार्यक्रमको आयोजना गरीएको हो ।
यस कार्यक्रममा स्थानिय तहका सबै अंगहरु बलबालिकाको अधिकार सुनिश्चित गराउन, बालाबालिकाको आवाजको सम्मान गर्न, बालाबालिकामा लगानी गर्न र भविश्यमा सक्षम नागरिक तयार गर्नका लागिमार्गदर्शन गर्ने उद्धेश्य सहित यस कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका प्रशिक्षकले जानकारी दिनुभयो । कार्यक्रमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्दै यस पालिकालाई बालमैत्री बनाउन आईतवारदेखि आयोजीत तालिमले सहयोग गर्ने आपेक्षा गर्नुभएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज शेढाई, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न बाल क्लबका प्रतिनिधीहरु साथै पालिकाका समाजिक विकास शाखामा कार्यक्रम क्रमचारीहरुको सहभागीता रहको समाजकि विकाश साखाका हरिकिशोर साहले जानकारी दिनुभयो ।