निजगढ,लायन्स क्लब अफ निजगढ युथको अध्यक्षमा इराज कोइराला चयन हुनु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ९ स्थित होटल राजमार्गमा मंगलबार भएको बैठकले क्लबको नयाँ कार्यसमिति चयन गरेको हो । बैठकले चार्टर प्रेसिडेन्टमा इराज कोइरालालाई सर्वसम्मतिमा छानेको हो ।
क्लबको फस्ट भाइस प्रेसिडेन्टमा जनक श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्टमा सुदर्शन दंगाल, सेक्रेटरीहरुमा युवराज न्यौपाने, अभिनाश न्यौपाने लगायत कार्य समितिका २१ जनालाई सर्वसम्मतिमा चुनेको हो । क्लबमा २९ सदस्य रहेका छन ।
बैठकमा क्लबका क्याविनट अफिसर होमप्रसाद न्यौपाने, जोन चियर्स पर्शन खड्गप्रसाद उप्रेती, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछाने, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणीश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


















