बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेरेना भाइरसकाे कारणले गर्दा ज्यालादारी गरि जिवन जिउने ब्यक्तीलाई प्रदेश सरकार तथा स्थानिय सरकारकाे समन्वयमा राहत बितरण गरिएको पचरौता नगरपालिकाकाे वडा नम्बर ४ र ५ आठ सय ३६ जनाले चामल, दाल, नुन ,  खाने तेल राहत बितरण गरिए तापनि सर्बदलिए बैठकको निर्णय भए पछि संघ सरकार प्रदेश सरकारकाे निर्देसिका बिपरित बितरण भएकोमा आफु अडान राखे तापनि वाडा अध्यक्ष कान्हैया यादवले नमानेको स्थानिय युवा नेता अकलेश यादवले बताएका थिए ।
वडा नम्बर ४  बेलदारिमै बस्ने श्यामसुन्दर जैसवालको छोरा बर्सो देखि नेपाल प्रहरीमा काम गरिरहेकाे तर वहाँ आफ्नै बाक्लो लाइनमा लागेर राहत लिन बित्तिकै स्थानिय गरिब जाेखिनि खातुनले नगर प्रमुख रमेशकुमार यादव कहाँ पुगेर आफ्नो पीडा व्यक्त गर्दै म एकल महिला र गाउँ गाउमा मागेर खाने जिबिका चलाउने अवस्थामा पनि वडा अध्यक्ष कन्हैया प्रसाद यादवले राहत नदिएकाे गुनासो समेत व्यक्त गरेका थिए । मेराे छोरा बिदेसमा लकडाउनकाे कारणले गर्दा अल्पत्रमा समेत रहेको यहाँ हेरचाह गर्नेको लागि आफू कति कष्ट भएको याे अवस्थामा पनि राहत नपाउदा सार्है दुख भएको आफ्नो जिकिर राखेका थिए ।
तेहि वडामा पुर्खौली सम्पति बिगहा भान्दा बिघौ सम्प्ती भएको भाेला यादव, माेहन यादव जस्ता कैयो ब्य्क्तीलाइ सुखी सम्पन भएको ब्यक्तीले राहत पाएकाे एउटे घरमा राजिन्द्र रायको छोरा सुरेस यादव ,उपेन्द्र यादव , दिपेस यादवले एउटे घरमा राहत पाएकाे तर गरिब र बिपनन परिवारले राहतबाट बन्चित समेत भएको नगर प्रमुख रमेश कुमार यादवले बताए । त्यसै गरि वडा नम्बर ५ मा पनि वडा अध्यक्ष लक्ष्मी यादवले सर्बदलिय बैठकको निर्णय बिपरित राहत बितरण गरेकाे नेपाली कांग्रेसको कार्यकार्ता  सुनिल यादवले समेत बताएको थिए ।
वडा नम्बर ५ मा श्री भगवान ठाकुर शर्माको बीस लाख बराबरकाे टयाकटर खरिद गरि खेतिपाति गर्न ब्यक्तीलाई राहत दिएको हाे भने सुनिल यादवले बताएकाे थिए । वडा नम्बर  ५ मै बस्ने जइफन खातुन चौसट्ठी बर्सिय वृद्ध एकल महिलालाई राहत नपाउदा सार्है दुख भएको र वहाले वडा अध्यक्ष संग सोधपुछ गर्दा सर्बदलिय बैठक बसालि आफु राहत बितरण गरेकाे छु केही कमि कमजाेरि भए फेरि बिपनन दलित गरिब परिवारलाई राहत दिने तयारी गरिरहेकाे छु भने समेत बताए । स्थानिय बासिन्दा धर्म देव राय यादव गजिन्द्र ठाकुर हजाम रामलाल पटेलले निस्पछ तरिकाले छानबिन गरि राहत फेरि बाडने ब्य्वस्था  गरिदिनु पर्यो र सराेकारवाला संग समेत आग्रह गरेको थिए ।

Leave a Reply