निजगढ,दिपावली, छठ पर्व र नेपाल सम्बतको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ४ शिखर वस्तिमा जारी नाइन ए साइड फुटलब प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा सरस्वति युवा क्लब र हिमाल क्लब विजयी बनेका छन ।

पहिलो खेलमा आयोजक बागदेव हाइटलाई ४÷० ले हराउदै मकवानपुर जिल्ला बकैया गाउँपालिकाको सरस्वति युवा क्लबले जित हात पारेको हो । सरस्वतिको लागि प्रकाश लामाले खेलको १२ औं मिनेटमा पहिलो गोल गरेर टोलीलाई अघि बढाएका थिए ।

त्यसैगरी गौरब लामा, नेकबहादुर लामा र मोहनराज लामिछानेको १÷१ गोल मद्दतमा सरस्वतिले आयोजक विरुद्ध फराकिलो गोल अन्तरमा जित हात पारेको हो ।

त्यसैगरी दोस्रो खेलमा हिमाल युवा क्लब निजगढ– ८ ले वनदेवी युवा क्लब सिगौललाई पनि ४÷० गोल अन्तरले पराजित गरेको छ । हिमालको लागि समिर तामाङ्ग एक्लैले ४ गोल गरेका हुन ।

बुधबारको पहिलो खेल रतपुर युनाइटेड र निजगढ सिटी क्लबबीच हुने छ । त्यस्तै दोस्रो खेलमा बुधबार वनदेवी युवा क्लब ए सिगौल र निजगढ युवा क्लबले सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य हिरा हुमागाईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here