सिमरा,नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ वडा कमिटीले आफ्नो क्षेत्रभित्र रहेको सम्झौता टोलमा टोल भेला सम्पन्न गरेको छ । सिमरास्थित वन वाटिकामा भएको टोल भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका बाराका युवा नेता मनोज पौडेलले नेकपा एमालेले बाहेक जनताको समस्या समाधान गर्न अरु कुनै पार्टीले नसक्ने भएकोले एमालेलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो ।

वडा नम्बर २ मा एमाले बलियो भएको र अबको निर्वाचनमा गठबन्धन भएपनि क्लिनस्विप गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा नेता पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटा वडा मध्ये ७ वटा वडा, नगर प्रमुख र उपप्रमुख एमालेले जितेको भएपनि १७ वटा वडा अध्यक्ष काङ्ग्रेस, माओवादी र लोसपाले जितेर कार्यपालिकामा विपक्षीको बहुमत रहेका कारण एमालेलाई काम गर्न नदिएको स्पष्ट पार्नुभयो ।

उहाँले नगरको विकासको लागि बहुमत सहित एमालेलाई विजयी गराउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा वडा नम्बर २ का उपसचिव श्रीराम रेग्मी, नलेन्द्रबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

वडा कमिटीका अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धनबहादुर श्रेष्ठ, नगर सदस्य राम कार्की, बिष्णु सपकोटा, समाजसेवी कृष्ण रिमाल, वडा उपसचिव सुर्य पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सचिव विशाल घिमिरेले गर्नुभएको थियो । साथै टोल भेलाले ३१ सदस्यीय सम्झौता टोल कमिटीसमेत गठन गरेको छ । लक्ष्मी लामा राईको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा सुजन बि.क., सचिवमा चमेली ठकुरी, उपसचिमा सर्मिला लामा, शान्ति लामा लगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here