हेटौंडा – विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्वालाले आजबाट आफु रहँदै आएको पाटी परित्याग गरेको घोषणा गर्नु भएको छ । आज विज्ञप्ती जारी गर्दै उहाँले आफु अव स्वतन्त्र रुपमा रहने र विप्लप नेतृत्वको पाटी परित्याग गर्ने घोषणा गर्नुभएको हो ।
विप्लप पार्टीमा रहँदाको समयमा विभीन्न मुद्धा लगाएर प्रहरीले थुनेकोमा आजैबाट उहाँलाई रिहाइ गरिएको छ । विभीन्न मुद्धा लगाएर प्रहरीले पक्राउ गर्ने र मुद्धा चलाउँदै आएको थियो । आजबाट भने मनहरी गाउँपालिका वडा नम्बर ८ वस्ने घलानले पार्टी परित्याग गरेसंगै प्रहरीले छाडिदिएको छ । उहाँसंगै मनहरी २ वस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका वडा नम्बर ८ वस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिवन यापन गर्ने विज्ञप्ती जारी गर्दै घोषणा गरेका छन् ।