नरेश गुप्ता
बरियारपुर,नेपाल र भारतको सीमा हुँदै अवैध तरिकाले भित्रिएको ७ ओटा भैंँसीसहित एकजनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अवैध तरिकाले नेपाल भित्रिएका भैंँसी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
आइतवार राती करीब १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याएको ७ ओटा भैंसीसहित तस्करलाई पक्राउ गर्न सफल भएको बारा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको निर्देशनमा गण्डक नजिकै पतन्जली चोकबाट भैसीसहति तस्करलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नम्बर २ छतवा बरैनिया बस्ने ५२ बर्षिय सुखाडी राउत अहिर रहेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादवकाअनुसार राती करीब १२ बजेको समयमा पक्राउ गरिएको भैंँसी सहित तस्कर अहिरलाई अवाश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको उहाँले बताउनु भएको छ ।