नरेश गुप्ता

बरियारपुर,स्थानीय तहको निर्वाचन नजिकिएसंगै बारामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने क्रम पनि बढेको छ ।

यसैक्रममा बिहीवार नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी पचरौता नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका प्रत्यासी तथा नेपाली काङ्ग्रेसका स्थानीय नेता प्रभु शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी पचरौता नगर कमिटी अध्यक्ष जलान्धर सिहले शर्मा सहित नेपाली कांग्रेशका स्थानीय नेता रामएकवाल यादव, पनालाल साह, वडा नम्बर ३ का सोनालाल कुशवाहा, हरि साह कानु र जसपा परित्याग गरि रामनारायण दास पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई पचरौता नगरपालिका एमाले अध्यक्ष सिंहले टीका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा पचरौताका जनताले सम्वृध, सुखी र विकसित पचरौता निर्माणका लागि नेकपा एमालेलाई रोजिरहेको राष्ट्रिय युवा संघ नगर कमिटी सचिव एंव युवा नेता रौशनकुमार यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here