काठमाण्डौ – रुससँगको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ ।आइतवार त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल रुससँग ३–० को सोझो सेटमा पराजित भयो । रुस पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१५ ले विजयी‌ भयो ।काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रुसको टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल सोमवार हुनेछ ।यही साउन १७ गतेदेखि काठमाण्डौमा शुरु हुने काभा नेसन्स लिगमा नेपालसहित, भारत, इरान, श्रीलङ्का र माल्दिभ्सले खेल्दैछन् ।

Leave a Reply