निजगढ,निजगढ मेयर गोल्डकप फुटबलमा नेपाल खेलकुद क्लब रौतहटले विजयी सुरुवात गरेकोछ ।
निजगढ मेयर गोल्डकप फुटबलको चौथो संस्करणको शनिबार सम्पन्न उद्घाटन खेलमा नेपाल खेलकुद क्लवले वीरगन्ज युथ एकेडेमीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोछ । नेपाल खेलकुद क्लवको जितमा म्याक्सवेलले निर्णायक गोल गरे । खेलको सुरुदेखि नै वीरगन्जले गोलको अवशरहरु सृजना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुनपुग्यो ।
खेलको अन्तिमतिर अतिरिक्त २ मिनेट थप गरिएको समयमा नेपाल खेलकुद क्लवका म्याक्सवेलले गोल गर्दै टिमलाई सेमिफाईनल पुर्याउन सफल भए । खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लवका म्याक्सवेल घोषित भए । म्यान अफ द म्याच घोषित म्याक्सवेलले ट्रफी सहित २ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार बकुलिया ११ बारा र निजगढबीच प्रतिस्पर्धा हुनेछ । निजगढस्थित कछाडिया खेल मैदानमा संचालन भइरहेको खेल अपरान्ह ३ बजेदेखि सुरु हुनेछ ।
यसअघि प्रतियोगिताको निजगढका मेयर सुरेशकुमार खनालले उद्घाटन गर्नुभएकोथियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मेयर खनालले मेयर कप फुटबलको चौथो संस्करणसम्म आईपुग्दा प्रतियोगिताको स्तर वृद्धि र निजगढमा फुटबल खेलको विकास भएको बताउनुभयो । नगरपालिकाको तर्फबाट फुटबल खेलको प्रवद्र्धन गर्न संचालन भएका योजनाहरु उपलब्धिमुलक रहेको बताउनुभयो । तेस्तै उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धी लामाले निजगढमा लामो समयदेखिको फुटबल खेलको बिकास गर्ने योजना लक्ष्य प्राप्तितर्फ अघि बढिरहेको बताउनुभयो ।
निजगढ युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा निजगढ सहित वीरगन्ज युथ एकेडेमी, बकुलिया ११ बारा, बारा ११, नवजनजागृति युवा क्लव सिमरा बारा, नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २ हजार र प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रतियोगिताको उच्च गोलाकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।