मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले एकदिने वित्तिय साक्षरता तथा अन्तरसमुह सुढृढीकरण तालिम सम्पन्न गरेको छ ।

शुक्रबार संस्थाको सभाहलमा संस्थाका संचालकहरु, सेवा केन्द्र समितिका पधादिकारी र कर्मचारीहरु गरी २८ जनालाई तालिममा दिइएको संस्थाले जनाएको छ ।

तालिमा विशेष गरी बचत गर्ने तरिका आम्दानी खर्च व्यवस्थापन गर्दै भावि आर्थिक लक्ष्य पुरा सुरु गर्नुपर्ने योजनाका बारेमा जानकारी दिइएको हो ।

पारिवारिक बजेट सहित दिर्घकालिन योजना निर्माण गर्ने विधि र कर्जा व्यवस्थापन लगायतका विषय तालिम दिइएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो । तालिमका सहभागीहरुले शनिवारबाट आआफ्नो समुह अन्तरसुमहका सदस्यहरुलाई तालिम दिने उहाँले बताउनुभयो ।

सहभागीहरुलाई संस्थाका मुख्य प्रवन्धक पुष्पराज खतिवडा, सहायक मुख्य प्रवन्धक श्रीलाल यादव र अध्यक्ष खड्काले सहजीकरण गर्नुभएको थियो ।

तालिम साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको सहयोगमा आयोजना गरिएको प्रवन्धक खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply