कृष्णउदास खनाल

वीरगन्ज,मुलुुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो महिनामा नै लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको छ ।वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरण अनुसार वीरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको हो ।भन्सार विभागले वीरगञ्ज भन्सारलाई साउनका लागि १५ अर्ब, ६२ करोड, ३७ लाख ७२ हजारको लक्ष्य दिएकोमा उसले सो महिनामा जम्मा ११ अर्ब, ८६ करोड, ८४ लाख ४७ हजार मात्र राजश्व संकलन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको साउन महिनाको भन्दा पनि कम हो ।अघिल्लो आर्थिक वर्षको साउनमा यो भन्सार कार्यालयले १२ अर्ब, ९८ करोड, ९९ लाख, २३ हजार राजश्व संकलन गरेको थियो । उक्त रकम पनि लक्ष्यभन्दा कम नै हो ।अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज भन्सार समग्रमा नै लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको थियो । साउनमा भन्सार महसुस आयातबाट सबैभन्दा बढी ४ अर्ब, ५० करोड, एक लाख १८ हजार राजश्व संकलन गरेको छ भने त्यसपछि मुल्य अभिबृद्धि करबाट ४ अर्ब नै राजश्व संकलन गरेको छ ।राजश्व संकलनमा कमी आउनुमा देशमा विद्यमान आर्थिक मन्दी र आयातमा आएको कमी लगायतका कारण रहेको पनि वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरुले दाबी गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here