बिपिन अधिकारी

निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित श्री जनजागृति आधारभूत बिद्यालय खोल्माटोलले विद्यालयका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बिद्यालयमा अध्ययरत अपांग, दलित र छात्राहरुलाई जनही १ हजार र ४÷४ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

३ जना अपांग छात्र÷छात्रा, दलित ७ जना र छात्राहरु ७८ जना गरेर ८८ जनालाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक. शिवप्रसाद नेपालले बताउनुभयो । छात्रवृति वितरण कार्यक्रममा वडा अध्यक्ष थलप्रसाद गौतम, निजगढ नगरपालिका नगर कार्यापालिका सदस्य लक्ष्मी गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here