नरेश गुप्ता

बरियारपुर,नेशनल प्याब्सन बाराले आपसी सदभाव तथा भाइचाराको अटुट प्रेमको प्रतीकको रुपमा रहेको होली पर्वको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

नेशनल प्याब्सन बाराले होली पर्वको अवसरमा महागढीमाई नगरपालिका वडा नम्बर १० स्थित श्री ज्योति पाराडाईज विद्यालयमा बुधबार होली मिलन कार्यक्रमको आयोजना गरि पर्वलाई आपसी सदभाव कायम गरि मनाउन आग्रह गरेको छ । नेशनल प्याब्सनका केन्द्रीय सचिव अलिमहमद अंसारीको प्रमुख अतिथ्यतामा भएको होली मिलन समारोहमा प्याब्सनका केन्द्रीय सचिव अंसारीले शिक्षा नीतिमा परिमार्जन हुनुपर्नेमा जोड दिनुभएको थियो । संस्थागत विद्यालयप्रतिको सरकारको दृष्टिकोण विभेदकारी रहेको पनि उहाँले आरोप लगाउनुभयो ।

एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सचिव जितेन्द्र यादव, सहसचिव केएस फिगिसन, रमन जैसवाल, मंगेशवर यादव, कमलेश कुशवाहा, रामनरेश पटेल, रामबाबु कुशवाहालगायतले होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका थिए । कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्ण गाउँपालिकामा पनि प्याब्सनले होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा एकीकृत समाजवादीले कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरमा होली मिलन कार्यक्रमका आयोजना गरेको छ ।

पार्टीको मधेश प्रदेश कमिटी सदस्य कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहसचिव धु्रब यादव, सुरेश मोदक, ध्रुब साह, हरिओम साह लगायतको सहभागिता रहेको थियो ।

नेकपा एकीकृत समाजवादी बैराठपुर वडा कमिटी अध्यक्ष सरोज पटेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन ईमरान आलमले गर्नुभएको थियो ।

 

हिन्दूहरुको महान पर्वको रुपमा होली पर्वलाई लिने गरिन्छ । असत्यमाथि सत्यको जित भएको दिनको स्मरणमा पौराणिककालदेखि नै यो पर्व मनाइने गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here