मुलुक चुनावी मैदानमा होमिसकेको छ । अबको ६ दिनमा आम नागरिकहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । उम्मेदवार छान्नका लागि नै मतदान गर्ने ब्यवस्था बिश्वमा नै रहदै आएको हो तर बिश्वमा समेत मतदानको समयमा धाँधली हुने खतरा देखिन्छ । नेपालको कुरा गर्ने हो भने त बिगतमा कयौं समय मतदान केन्द्र नियन्त्रणमा लिएर एकछापे मत समेत हानेको पाइन्छ ।

अहिले लोकतन्त्र छ । सबैले आफ्नो मत सही तरिकाले हान्न पाउनुपर्छ तरपनि अहिलेको समयमा समेत मतमा जवरजस्ती हुने गरेको पाइन्छ । कतिपय मतदान केन्द्रमा गुण्डाहरुको प्रयोग गरेर मत अरुलाई अथवा आफूलाई नदिनेलाई समेत मतदानबाट बंचित गराउने षडयन्त्र भएको पनि पाइन्छ । यस्तो हुनु भएन ।

राज्यले आम मतदाताहरुलाई सुरक्षाको उचित प्रवन्ध मिलाउन आवश्यक छ । सुरक्षाको उचित ब्यवस्था नभए मतदताहरुले निर्धक्कसंग मतदान गर्न पनि पाउने छैनन् । त्यसैले पनि मतदानको ब्यवस्थामा सुरक्षा प्रत्याभूति पहिलो सर्त हुन आवश्यक छ । अनि मात्रै सही मत खसेको बुझ्न सकिनेछ । यस तर्फ सरकार गम्भीर बन्न आवश्यक छ ।

 

Leave a Reply