नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिबेशन जिल्ला कार्यसमितिको पदाधिकारीको चयन गर्न भएको मतदान बुधबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

कलैयास्थित ३ चन्द्र माविमा भएको मतदान बुधबार बेलुकी ७ बजेर ३० मिनेटमा सम्पन्न भएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभयो । दुई हजार चार सय ८१ जना मतदाता रहेको नेपाली कांग्रेस बारामा २ हजार ४ सयले मतदान गरेका छन ।

सभापतीका उम्मेदवारबीच सहमति गरेर बुधवार रातिबाट नै गणना थालिने जानकारी गराइएको छ । मतपरिमाण आउन भने अझै दुई दिन लाग्ने बताइएको छ । जिल्ला कार्यसमितिको सभापती पदमा ३ जना सभापतीसहित २ सय ३२ जनाले उम्मेदवार प्रतिस्पर्धामा छन ।

सभापती पदमा शम्भुबहादुर बुढाथोकी, राजेश राय यादव र रामानन्द यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत फाल्गुन २१ गते सिद्वेश्वर संस्कृत माध्यमिक विद्यालय कलैयामा भएको मतदान व्यवस्थापकीय कमजोरीको कारण रद्द भएपछि बुधवार पुनः मदतान भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here