नरेश गुप्ता
बरियारपुर,बाराको पचरौता नगरपालिकाका जेसिबी चालक पप्पु साह शनिवार राती पक्राउ परेका छन ।
नगरपालिका वडा नम्बर ५ स्थित एक महिलाको घरमा राती १० बजेर ३० मिनेटमा प्रवेश गरेपछि स्थानीयले बाहिरबाट ताल्चा लगाई उनलाई घरभित्रै थुनेर राखेका थिए । चालक साहलाई घरभित्र थुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबासिन्दाले उनलाई शनिबार राती नै ईलाका प्रहरी कार्यलय सिम्रौनगढको जिम्मा लगाइएको थियो ।
ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले पक्राउ परेको चालकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
जेसिबी चालक साह गलत मंसायले मध्य रातमा घरभित्र प्रवेश गरेको स्थानीयहरु बताउछन । पक्राउ परेको साह स्थानीयबासिन्दा रहेको र उनले पचरौता नगरपालिकामा जेसिबी चलाउदै आएका थिए । स्मरण रहोस पचरौता नगरपालिकामा केही महिनाअगाडि पनि एक जना कार्यालय सहयोगीले समेत कार्यालयकै एकजना दलित महिला कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेका थिए । त्यो घटना सेलाउदा न सेलाउदै अर्को घटना भएपछि स्थानी आक्रोशित बनेका छन ।

















