सिमरा,बाराबाट प्रहरीले भन्सार छली ल्याइएका १० बोरा पाउडर दुध बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जितपुरसिमराबाट भन्सार छलीका पाउडर दुध बरामद गरेको जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १ पथलैया एरियाबाट राजश्व छलीका पाउडर दुध पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायब उपरीक्षक प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गर्नुभयो । उहाँका अनुसार गाईघाटबाट काठमाण्डौतर्फ जादैगरेको बा प्र १–००६ ख ६२६२ नम्बरको यात्रुवाहक बसबाट १ लाख ५० हजार मूल्य बराबरका पाउडर दुध बरामद भएको हो ।
बसलाई रोकेर जाककंच गर्ने क्रममा १० बोरा पाउडर दुधको बिलको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।बरामद सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply