नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आत्मानिर्भर बन्नको लागि विद्यार्थीले प्राविधिक शिक्षातर्फ अगाडि बढनु पर्नेमा जोड दिनुभएको छ ।
बाराको गढीमाई महेन्द्र नमुना प्राविधिक विद्यालयको ४१ औं बार्षिक दिवस समारोहको सोमबार उदघाटन गर्दै नगर प्रमुख यादवले सो कुरा बताउनु भएको हो ।
नगरभित्र यसअघि गढीमाई नमुना विद्यालयमात्र प्राविधिक विद्यालयको रुपमा रहेकोमा अब भोला माध्यमिक विद्यालय गन्जभवानीपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआईनमा पनि प्राविधिक विषयको अध्यापनको पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
विगतमा भन्दा अहिले शिक्षाको गुणस्तरमा धेरै सुधार भएको उहाँले बताउनु भयो । नगरपालिकाले हरेक वर्ष गढीमाई नमुना प्राविधिक विद्यालयलाई कम्प्युटर ल्याब, प्रयोगशाला, पुस्तकालय व्यवस्थापनको लागि सहयोग गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
महागढीमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका स्थापक बिश्वनाथ साह कानु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता, हरि मनेजर महतो, विद्यालयका पूर्वप्रधानाध्यापक कालिकानन्द ठाकुर लगायतलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
बार्षिक समारोहमा समाजसेवी नरेश जैसवाल, जितेन्द्र गुप्ता, श्रीगढीमाई बहुमुखी क्याम्पस प्रमुख तेजप्रकाश चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्राविधिक शिक्षातर्फका विद्यार्थीहरुले विभिन्न प्रदर्शनी गरेका थिए । कार्यक्रमको संचालन विद्यलयका शिक्षक सुनिल कुशवाहाले गर्नुभएको थियो