सिमरा,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शनिवार सिमरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रगत दान गरेका छन् । सिमरास्थित मुख्य चोकमा भएको कार्यक्रममा पाँच महिलासहित ८२ जनाले रगत दान गरेका हुन् । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाहले रगत दान गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
अनेरास्ववियुको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा चुणामणी खनाल, राजेन्द्र गौतम, मुमनाथ शर्मा, राजकुमार न्यौपाने, प्रकाश खुलाल, लक्ष्मी तिमिल्सिना, श्रीराम रेग्मी, गणेश शाह ठकुरी, राजकुमार थापा, ईश्वर बस्नेत, अतिष श्रेष्ठ, सुस्मिता श्रेष्ठ, जगन्नाथ सिंखडा, सोनु शर्मा, रवि साह, सन्तोष कार्की, कुर्सीद मियाँ, विपना चौधरी, देवानन्द चौधरी, बिटु मुल्मी, सन्तोष राम, रुपेश राना मगर, दिलिप पटेललगायतले रगत दान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी वीरगन्ज र सिमरा उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रगत दान गर्नेलाई एमाले केन्द्रीय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरी, एमाले नेता मनोज पौडेल, कासिम हुसेन, अमृतलाल श्रेष्ठ, कमला घिमिरेलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न क्षेत्रबाट अनेरास्ववियुका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयको सहभागिता रहेको कार्यक्रमका अध्यक्ष कपिल खरेलले जानकारी दिनुभयो । कार्यक्रममा रेडक्रस सोसाईटी सिमराका अध्यक्ष शिव शर्मा, अनेरास्ववियुका केन्द्रीय सदस्य मनिष प्याकुरेल, राजकुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।