काठमाडौं : प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई घरबाटै पक्राउ गरेको छ।बिहीबार शंखमुलस्थित निवासमै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको हो। नेतृ झाँक्रीलाई प्रहरीले थमाएको पक्राउ पूर्जीमा राज्‍य विरुद्धको कसूर गरेको उल्लेख छ।

राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो। पूर्जी पाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन्‌।यो दफामा ‘बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्‌लाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसूर’ उल्लेख छ। यस्तो कसूर गर्नेलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना या दुवै सजाय हुने व्यवस्था छ।

पक्राउ गर्न निवासमै प्रहरी पुगेपछि त्यहाँ केन्द्रित भएका नेकपाका कार्यकर्ताहरूले झाँक्रीको समर्थन र सरकारको विरोधमा चर्का नाराबाजी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here