जियालाल चौधरी

कोल्हबी,कोल्हबी नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने सम्झौता भएको छ ।
संझौतामा आयोगको तर्फबाट केन्द्रीय अध्यक्ष्य केशब निरौला र सदस्य सचिब अमिरप्रसाद न्यौपाने तथा कोल्हबी नगरपालिका नगर प्रमुख भरतबहादुर भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले शुक्रवार काठमाण्डौंमा सयुक्त हस्ताक्षर गरिएको हो ।
हस्ताक्षर कार्यक्रममा कोल्हबी नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष एंव नगर प्रवक्ता पुरनदेव चौधरी र समाजसेवी शिव रिजालको पनि उपस्थिति रहेको थियो । सम्झौतापछि अब कोल्हबी नगरपालिकालाई सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएकाहरुलाई जमिन वितरण गर्ने कार्य अगाडि बढाउन बाटो खुलेको छ । नगरपालिकाले जग्गाको नाप नक्सा गर्ने र अस्थायी निसा दिने कार्य तत्काल सुरु गर्ने बताइएको छ ।
त्यसैगरी कोल्हबी नगरपालिकाका नगर प्रमुख भण्डारीसहितको टोलीले शुक्रवार नै कोल्हबीमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति तथा आवश्यक उपकरण खरिदको लागि स्वास्थ्य मन्त्रालयमा बजेट माग गर्नुको साथै नगरमा निर्माणाधिन १५ शौयाको अस्पताल भवन र निर्माण सम्पन्न भएका ४ वटा स्वास्थ्य चौकीको रकम निकासा तथा प्रसौना स्वास्थ्य चौकीको लागि खरिद हुन लागेको एम्वुलेन्सको भन्सार छुटको लागि मन्त्रालयमा माग ससमेत गरिएको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

















