जल कम्पनीको अधिकारीक बिक्रेताको उदघाटन

बीरगंज , १६ भाद्र । बीरगंजमा जल कम्पनीको आधिकारीक बिक्रेताको रुपमा रहेको चाँन्दनी हार्डवेयर एण्ड सप्लार्यसको उदघाटन शनिबार भएको छ । जल कम्पनीका जेनेरल मैनेजर बृजमोहन ( बि. एम. ) कपिलाले रिबन काटेर उदघाटन गरेका छन् ।

भारतको चण्डीगढमा रहेको जल कम्पनीले नेपालमा धमाधम रुपमा आफ्ना आधिकारीक बिक्रेताहरु बढाउदै गरेको छ । नेपाल अधिराज्यभरी नै चाँडै आधिकारीक बिक्रेताहरु हुने जल कम्पनीका जेनेरल मैनेजर कपिलाले जानकारी दिनुभयो ।

 

जल कम्पनीका जेनेरल मैनेजर कपिलाले उदघाटन गर्दै जल कम्पनीले पलम्बरमा हुने सम्पूर्ण सामानहरु आफैले उत्पादन गर्ने गरेको सुनाउनुभयो । त्यसैगरी अन्य कम्पनीले सामानको वारेन्टी मात्र दिने गरेकाले यस जल कम्पनीले उत्पादन गरेको सामानमा १० वर्ष ग्यारेन्टी दिने गरेकोले नेपालमा हाम्रो कम्पनीले उत्पादन गरेको सामान बढीमात्रामा खपत हुने गरेको जानकारी दिनुभयो ।

 

जल कम्पनीको देश तथा विदेशहरु माझ उच्च गतिको रुपमा मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् १९९९ मा जल कम्पनी सुरु गरेको हो । जल कम्पनीको सामान भरपर्दो रहेकोले नेपालमा यस कम्पनीको सामानहरु बढी रुपमा खपत हुने गरेको जल कम्पनीका जेनेरल मैनेजर कपिलाले बताउनुभयो ।

 

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगर लगायतको शहरहरुमा सय भन्दाबढी यस कम्पनीको आधिकारीक बिक्रेताहरु रहेको छ ।

 

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको जल कम्पनीको आधिकारीक बिक्रेता हाल बीरगंजमा पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्ने जल कम्पनीका जेनेरल मैनेजर कपिलाले प्रतिब्द्धता जनाउनुभयो ।

 

उदघाटन कार्यक्रममा चाँन्दनी हार्डवेयर एण्ड सप्लार्यसका संचालक सुशिल प्रसाद साह कानु , बिनोद चौरसिया , महालक्ष्मी बिकास बैंक कलैया शाखाका प्रबन्धक अरुण यादव लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here