काठमाण्डौं,पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन् । उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल–एनको नेतृत्वमा गठबन्धन बनेको हो ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् । पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । अकूत सम्पत्ति कमाएको मुद्दामा सात महिना जेल बसेका शरीफलाई विशेष अदालतले सफाइ दिएको थियो ।यसैबीच पूर्वप्रधानमन्त्री नवाज शरीफले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई उम्मेदवार बनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here