करिव चार वर्षअगाडि मुलुकमा स्थानीय तहको निर्वाचन भएको थियो । मधेशमा केही ढिला गरी स्थानीय तहको निर्वाचन भएपनि अब भने एकै पटक चुनाव हुने भएको छ । सरकारले सोमबार बैशाख ३० गते चुनाव गर्ने घोषणा गरेसंगै अब मुलुक चुनावमा गएको छ । केही दुर्घटना भएन भने स्थानीय तहको चुनाव अब बैशाख ३० गते हुने छ ।

हाल बहालवाला जनप्रतिनिधिहरुको म्याद सकिनु केही दिन अगाडि मात्रै स्थानीय तहको चुनाव हुनेछ । अघिल्लो पटक लामो समयपछाडि चुनाव भएकाले पनि स्थानीय तहको चुनावलाई निकै महत्वका साथ हेरिएको थियो । तर यस पटक पनि धेरै ठाउँमा जनप्रतिनिधिहरु दोहोरिने उत्तिकै संभावना रहने भएकाले पनि यसलाई पनि उत्तिकै महत्वका साथ हेरिएको छ । यद्यपि लोकतन्त्रमा चुनावको विकल्प भने छैन ।

अन्य चुनावभन्दा स्थानीय तहको चुनाव अलि बढी महत्वपूर्ण छ किन भने यो निर्वाचनबाट नागरिकहरुले आफ्नो गाउँघरको विकासका लागि आफ्ना प्रतिनिधि आफैले छान्ने अवसर प्राप्त गर्ने छन । संघीय र प्रदेशको चुनावमा जितेकाहरु पुनः निर्वाचन क्षेत्रमा फर्कने संभावना कम भएपनि यो चुनावमा जितेकाहरु भने घर दैलोमा नै रहनेछन् । उनीहरुले जनताको दैनिक कार्यमा सेवा दिनु पर्ने छ । त्यसैले पनि यो चुनाव अरुभन्दा महत्वपूर्ण छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here