बिदुर खडका

डुमरवाना,बारा क्षेत्र नम्बर ३ का संघीय सासद रामबाबुप्रसाद यादब विगत ३ वर्षदेखि अलपत्र बालगंगा पुल निर्माणको लागि आफै खटिन थाल्नुभएको छ ।

पुलको मुखमा पर्ने जमिन आफ्नो निजी भन्दै केही व्यक्तिहरुले निर्माण कार्यमा रोक लगाएपछि संसद यादव पुल निर्माणमा सक्रिय हुन थाल्नुभएको हो । उहाँले विगत ८ दिनदेखि स्थानीय बालुवा प्रशोधन उद्योगहरुको सहयोगमा ४ वटा जेसिभी र ६ वटा टिपरको प्रयोग गरेर पुल निर्माणको निगरानी गर्दै आउनुभएको छ ।

केही भुमाफियाहरुले पुलले ओगटेको जमिन आफ्नो निजी भन्दै क्षेतिपूर्तिको माग राखेर अदालतमा मुद्दा दायर गरेको र निर्माण कम्पनीका ठेकेदार पनि फरार बनेपछि पुल निर्माण कार्य अवरुद्ध हुदै आएको छ । ठेकेदार सम्पर्कमा नआएपछि आफै सक्रिय भएर पुल निर्माण लागेको संसद यादवले बताउनुभयो । उहाँले अबको २ दिनमा पुल निर्माण गरेर संञ्चालनमा ल्याउने पनि बताउनुयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here