नरेश गुप्ता

बरियारपुर,बारा सदरमुकाम कलैयाका समाजसेवी तथा युवा व्यवसायी धनिलाल सरार्फ जेसिसको राष्ट्रिय खेलकुद समितिको संयोजक मनोनित हुनुभएको छ ।

जेसी आई कलैया सिटी जेसिज २०१८ शाखा अध्यक्षसमेत रहिसक्नु भएका सरार्फलाई नेपाल जेसिज २०२२ को बोर्डको लागि राष्ट्रिय खेलकुद कमिटीको संयोजक पदमा मनोनित गरिएको वर्तमान राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिको संयोजकमा सर्राफ मनोनित भएपछि कलैया सिटी जेसिसहित अन्य युवाहरुमा हौसला थपिएको कलैया सिटी जेसिका कार्यकारी उपाध्यक्ष सुबास जयसवालले बताउनुभयो । कलैयाका अध्यक्ष सन्दिप बरैले पनि सरार्फको यो जिम्मेवारी सबैको साँझा जिम्मेवारी भएकोले यसलाई उपलब्धिमूलक बनाउनु पर्ने बताउनु भएको छ । सरार्फलाई कलैयाका धेरै युवाहरुले बधाई सहित सफल कार्यकालको शुभकामना दिएको कलैया सिटि जेसिजका निवर्तमान अध्यक्ष शम्भु गुप्ताले बताउनुभयो ।

यता, संयोजक सरार्फले आफुमाथिको भरोसा तथा बिश्वास गरेको भन्दै राष्ट्रिय अध्यक्षसहित सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिनु भएको छ । सरार्फले आफुले पाएको जिम्मेवारीलाई ऐतिहासिक र उपलब्धिमूलक बनाउन आफू सदैब प्रयत्नशील हुने प्रतिवद्धता समेत जनाउनु भएको छ । सरार्फले आफू अध्यक्ष भएको बेला कलैयामा ऐतिहासिक घोडा दौड प्रतियोगिता र अन्य विभिन्न स्तरका खेलकुद प्रतियोगिता आयोजना गरिएको पनि बताउनु भयो । कलैया जेसीले गरिब असाहय परिवारलाई न्यानो कम्बल वितरण लगायतका समाजसेवाका विभिन्न काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here