अनिल तिवारी
सिमरा – जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुरले चैत्र १० गते सोमबारबाट चैत्र १२ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका भरिका अतिआवश्यक पसल बाहेक सम्पुर्ण ब्यवसाय बन्द गर्न आहवान गरेको छ ।

 

आईतवार संघका अध्यक्ष संजय कुमार साह र महासचिव शिवजी साह सोनारले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै भोली सोमबारबाट खाद्यान्न, किराना र औषधी पसल बाहेक सम्पुर्ण ब्यवसाय बन्द गर्न ब्यापारीहरुलाई आग्रह गरेको हो ।

 

 

 

 

विश्वभरी महामारीको रुपमा फौलिदै गएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई कम गर्न यो कदम चालिएको विज्ञप्तीमा भनिएको छ । साथै उपभोक्तालाई चाहे भन्दा बढि समान खरिद गरेर बजारमा कुनैपनि सामानको कमि हुन नदिन समेत आग्रह गरीएको छ ।

Leave a Reply