सुनसरी । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। सोमबार बिहान भएको घटनामा कारमा सवार पाँचै जना भने सकुशल रहेका छन्।

प्रारम्भिक अनुमानअनुसार पेट्रोलबाट चल्ने टाटा इन्डिका कारमा विद्युत् सर्ट भएर आगलागी भएको हो। गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि केही समयमै आगोले कारलाई पूर्ण रूपमा आफ्नो चपेटामा लिएको थियो।

आगलागीबाट कार पूर्ण रूपमा जलेर ध्वस्त भए पनि मानवीय क्षति भने नभएको बताइएको छ।

घटनाको विस्तृत विवरण तथा आगलागीको वास्तविक कारणबारे थप जानकारी आउन बाँकी छ।

Leave a Reply