जमाना यसरी परिवर्तन भएको छ की बिश्वको कुनै पनि एउटा कुनामा रहेका आफन्तसंग आज सहज रुपमा कुराकानी हुन्छ । शहर बजारमा सिसीटिभी राखिएको छ । गाउँमा पनि अपराधहरु कमै हुन्छन्, आजकल । गाउँमा बस्ने ठूलो जमात शहर र बिदेसिएका कारण पनि गाउँ पनि सुरक्षित नै छ पहिलाको तुलनानमा । शहर बजारमा एक प्रकारले भन्ने हो भने सियो हराएको घटनासमेत सहज रुपमा जानकारी पाउन सकिने अवस्था छ ।

यो भनेको शहर सुरक्षित छ भन्ने नै हो । अझै वीरगन्जको कुरा गर्ने हो भने त धेरै स्थानमा सिसीटिभी जडान गरिएको छ । वीरगन्ज महानगर पनि हो यो अर्थमा पनि यो शहर सुरक्षित हुनुपर्छ र मानिनु पनि पर्छ तर बिडम्बना यही शहरमा अचम्म लाग्दो घटना घनेको छ । जसले सबैलाई एक पटक सोच्न बाध्य बनाएको छ ।

हुन त यो कुरा अहिले प्रहरी अनुसन्धानमा नै छ । प्रहरीले एक दिन सत्यतथ्य सार्वजनिक गर्ला । वीरगन्जको बसपार्क नजिकबाट यात्रु बस चोरी भएको खबरले सबैलाई अचम्म बनाएको छ । बस कसैले रातारात कतै लगेर सहज रुपमा बिक्री गर्न सकिने साधन होइन । यसका लागि ठूलै योजना चाहिन्छ । त्यसैले पनि बस चोरी भएको भनिएको विषयमा यथार्थ कुरा अनुसन्धान होस् र सत्य कुरा सार्वजनिक होस् ।

Leave a Reply