बीरगंज –  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप संक्रमणको जोखिम न्युनीकरण गर्ने उद्देश्यले आज टिभी बीरगंज, रेडियो बीरगंज, रेडियो पोखरीया र रेडियो जनकनन्दनी जनकपुरद्वारा एकै साथ जनता जानेके चाहता कार्यक्रम मार्फत कोरोना विशेष प्रत्यक्ष प्रशारण सम्पन्न भएको छ ।

 

 

 

 

मुलुकको प्रमुख आर्थिक केन्द्र बीरगंजमा कोरोना भाईरस नियन्त्रणका लागि हाल सम्म भएका गतिविधि, गर्नु पर्ने प्रयास, स्थानिय प्रदेश र केन्द्र सरकारका गतिविधि तथा कमजोरी, आमनागरिक समाजको दायित्व र सर्वसाधारणको भूमिकामा समेत केन्द्रित रहेर कोरोना विशेष कार्यक्रम संचालन गरिएको हो ।

 

 

 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले कोरोना संक्रमणको फैलिदो स्वरुप बीरगंजको अवस्था प्रशाषनिक तथा सुरक्षा संयन्त्रले गनुपर्ने कामकारवाहीका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कोरोना भाइरसको संक्रमण र नारायणी अस्पतालमा उपचारको अवस्थाका बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पताल र चिकित्सकले चाहेर मात्रै केही नहुने बताउदै सबै क्षेत्रको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

 

 

 

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना भाइरसका कारण उद्योग व्यापार क्षेत्रमा समेत नराम्रो असर पुगेको र व्यपार चौपट भएको जानकारी दिनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले मुलुक संकटमा परेको बेला सही तथ्य समाचार पत्रकारहरुले सम्प्रषण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

 

 

 

 

 

कार्यक्रममा कोरोना भाइरसको संक्रमण र यसले पार्ने प्रभाव, स्वास्थ्य उपचारको व्यवस्थाका बारेमा डा. निरज सिंहले प्रष्ट पार्नुभएको थियो । रेडियो बीरगंज एवम टिभी बीरगंजका कार्यकारी निर्देशक ध्रुव साहले संचालन गर्नुभएको कार्यक्रममा बरिष्ट अर्थशास्त्री डा. दिपक शाक्य, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर २ का अध्यक्ष फुल महम्मद मिया, सुरेन्द्र कुर्मी,अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम,युवा नेता लुकेश सिंह,बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई,ग्रीनसिटी सामुदायीकका अध्यक्ष प्रकाश खेतान,रितेश त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here