निजगढ,अखिल नेपाल क्रान्तिकारी विद्यार्थी यूनियनको प्रथम निजगढ नगर सम्मेलन बुधबार सम्पन्न भएको छ ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनले सुमन खलालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा दिपक कुुँमर, आस्मा मगर, छबि विक, सचिवमा उत्तम तिमिल्सिना, सहसचिव सविना धामी, राजु महरा, अरुण विक, कोषाध्यक्षमा सेरिना लामा, सहकोषाध्यक्षमा विशाल तिमल्सिना, रामचन्द्र दास, बाल्मिकीप्रसाद यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यमा अंकित गौतम, मनिष थपलिया, सुमित न्यौपाने लगायत चयन भएका छन् । यसअघि सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य हरी चौलागाई लालकिरणले गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रविराज दंगाल, जिल्ला सदस्य बेनीबहादुर मुक्तान, संजिव लोप्चन, सन्तोष दंगाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सुमन खुलालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिता मुक्तान र स्वागत आस्मा मगरले गर्नुभएको थियो ।