सागर घोरसाइने

‘प्यारो बारा जिल्ला पेसबुक ग्रुप’ मा हामीले केही महिनाअगाडि एउटा लेख पोष्ट गरेका थियौं । ‘बिन्ति छ सहयोगी हातहरुलाई नरोक्नुहोस’ त्यो लेखको शीर्षक थियो ।

मान्छेको जीवन हो, हामीमध्ये धेरै जनालाई कुनै दिन कुनै चिजको अभाव हुन्छ नै । सहयोगी मन भएका हातहरुलाई केही गलत मनसाय भएका व्यक्तिहरुले विभिन्न बाहानामा हतोत्साहित गर्ने चलखेल गरेका थिए । हामीले त्यस्तो कार्यको प्रतिकार गरेका थियौ ।

आउनुहोस फेरि उनै मनकारी व्यक्ति– अमृत जिआरले गर्नुभएको सहनीय कार्य बारको कथा पढौं । शिवशंकर माझी केही वर्ष अघिदेखि कोल्हवी नगरपालिका २ पुरानो काटाँमा कुखुराको मासु बेच्थे । निकै मेहनति, फुर्तिला र हसिला पनि सबैको प्यारो भएका थिए माझी । उनको घर परिवार राम्रै चलिरहेको थियो । उनी खुसीका साथ परिवारसंग बसिरहेका थिए । तर कोल्हवी नगरका केही दलालहरुले उनलाई बिदेश जान र धेरै पैसा कमाउन उक्साउने काम गरे ।

उनीहरुकै लहैलहैमा परेर शिवशंकर माझी धेरै पैसा कमाउने सपना बोकेर दुबई पुगे । तर दलालले उनलाई अलपत्र पारिदिए । उनले काम पाउन सकेनन् । उनलाई खान बस्न पनि समस्या भयो । नेपाल फर्काइदिन उनले धेरैसंग हारगुहारे मागे तर कसैले उनको वेदना सुनेन ।

उनले पनि हामीले पोष्ट गरेको र कोल्हबी बजारका मनकारी अमृत जिआरले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गरेको भनेर ‘प्यारो बारा जिल्ला फेसबुक ग्रुप’ गरेको पोष्टहरु पढेका रहेछन । अन्तिममा माझी पनि जिआरलाई सम्झिदै हामी कहाँ आइपुगे । उनले घरमा रहेकी आमा र पत्नीलाई कोल्हबी बजारमा रहेको अमृतकुमार जिआर पसलमा भेट्न पठाए ।

माझीको हालत सुन्ने बित्तिकै जिआरले दुबईमा बस्ने आफ्ना साथीहरूलाई कल गरेर मेरो भाइ, मेरो मान्छे त्यहा अलपत्र परेका छन । उनलाई जतिसक्दो छिटो नेपाल पठाउनु पर्यो भनेर अर्हाए । जिआरका साथीहरू पनि शिवशंकरलाई खोज्दै आइपुगे । त्यसपछि उनीहरुले आफ्नै कोठामा लगेर राखे । उनको पिसिआर परीक्षण गराइयो र जहाजको टिकट काटेर जिआरका साथीहरु एयरपोर्टसम्म पुर्याउन आए । पिसिआर र टिकट खर्च जिआरले नै दिएका थिए । यसरी कालकोठरीमा जीवन बिताइरहेका माझीले नेपाल फर्किने मौका पाए । जिआरको यो कामको चारैतिर चर्चा छ यति बेला ।

(कोल्हबी नगरपालिका ४ पुरानो काँटा घर भएका सागर हाल बैदेशिक रोजगारीको क्रममा दुबईमा छन ।)

Leave a Reply