नरेश गुप्ता
बरियारपुर,बारामा २१ ग्राम खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चौकमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा भारत बिहार जिल्ला मोतिहारी थाना हरपुर ग्राम रामपुर निवासी वर्ष ३२ का नबाब हुसेनलाई लागूऔषध खैरो हिरोइनसहित शुक्रवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।
बि आर ०५ ए पि ६०४६ नम्बरको भारतीय मोटरसाइकलको भाईजरमा लुकाइछिपाई लागुऔषध खैरो हिरोईन ल्याएको अवस्थामा शंका लागि चेकजाँच गर्दा हुसेनको साथबाट २१ ग्राम खैरो हिरोईन बरामद भएको प्रवक्ता थापाले जानकारी दिनु भयो ।
हुसेनलाई लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।