नरेश गुप्ता

बरियारपुर,विवेकशील साझा पार्टी बाराले जिल्ला मालपोत कार्यालय कलैया अनियमितता र भ्रष्ट्राचार बढेको भन्दै बिहीवार प्रदर्शन गरेको छ ।

मालपोत कार्यालयमा कर्मचारीहरुले भ्रष्ट्राचार गरेको भन्दै कर्मचारीहरुलाई खबरदारी गर्न र सेवाग्राहीलाई सचेत बनाउन प्रदर्शन गरिएको विवेकशील साझा पार्टी बाराका अध्यक्ष डा. सुशिलकुमार साहले बताउनुभयो ।

अध्यक्ष साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भ्रष्ट्राचारी कर्मचारी मुर्दावाद, भ्रष्ट्राचारी कर्मचारी राजीनामा दे, भ्रष्ट्राचारी कर्मचारीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

मालपोत कार्यालयमा सेवाग्राहीसँग रकम लिएर मात्रै काम गर्ने गरेको गुनासो बढ्दै गएपछि विवेकशील साझा पार्टीले प्रदर्शन गरेको अध्यक्ष साहको भनाइ छ ।

 

भ्रष्ट्र कर्मचारीकै कारण सरकारी कामकाजमा अनियमितता र ढिलासुस्ती हुने गरेको साहको भनाइ छ । प्रदर्शनको कारण कार्यालयमा केहीबेर कामकाज ठप्प बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here