नरेश गुप्ता

बरियारपुर,प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय राजनितिक दलले गरेको प्रतिवद्धता पुरा नहुँदा हिन्दू परिषदले बाराले कलैयामा दिनहुँजसो विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ । परिषद बाराका अगुवा गोपाल दासको नेतृत्वमा प्रदर्शनकारीहरुले बिहीवार पनि कलैया– वीरगन्ज सडकखण्डको जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सुतेर दुई घन्टा सडक अवरुद्ध परेका छन ।

गत कार्तिक २५ गते छठ पर्वको दिन कलैया उपमहानगरपालिकास्थित एक छठ घाटमा भएको झडपमा परि गम्भिर घाइते बनेका स्थानीय राधेश्याम पटेलको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयमा परिवारलाई क्षतिपुर्ति दिने भनेर गरिएको सहमति कार्यान्वयन नभएपछि हिन्दू परिषदका कार्यकर्ताले प्रहरी र जिल्ला प्रशासन कार्यालय बारा अगाडि विरोध प्रदर्शन गर्दै आएका छन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको रोहबरमा भएको पाँच बुँदे सहमति कार्यान्वयन नगरिएको हिन्दू परिषद नेपालका अध्यक्ष गोपाल दासले बताउनुभयो । मृतकको दाहसंस्कार भएको ५ महिना बितिसक्दा पनि प्रमुख जिल्ला अधिकारी समक्ष भएको सहमति पुरा नभएकोले सहमति कार्यान्वयनको लागि प्रदर्शन गर्नु परेको दासले बताउनु भयो ।

लामो समयसम्म आन्दोलन गर्दा पनि सहमति कार्यान्वयन नहुँदा पीडित परिवार, आफन्त र छिमेकीसमेत विछिप्त र आक्रोशित बन्दै गएका छन् । विरोध प्रदर्शनको क्रममा कुनै उत्श्रृखल गतिविधि हुन पुगेमा त्यसको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले नै लिनुपर्ने दासले चेतावनी दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिअनुसार मृतकको परिवारलाई पटेलको उपचारको क्रममा बिलअनुसारको सम्र्पुण खर्च र थप १० लाख उपलब्ध गराउने, पटेललाई धार्मिक शहिद घोषणा, परिवारबाट एक जनालाई रोजगारी, दोषीलाई कानुन बमोजिम कारबाही, धार्मिक खलल पुग्ने कुनै किसिमको गतिविधि नगर्ने लगायत १० बुँदे सहमति भएको थियो ।

घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी कटुवालसँग बुझ्दा माथिल्लो निकायबाट निर्णय आउन ढिलाइ भएकोले सहमति कार्यान्वयन हुन समय लागेको बताउनु भयो । आफूहरु सहमति कार्यान्वय गर्न गम्भीर रहेको र चाढै नै यसको निर्कोल निस्किल्ने प्रमुख जिल्ला अधिकारी कटुवालले आश्वास दिनुभएको छ । उहाँले मृतक पटेलका आफन्तले सहमति विपरीत १२ लाख माग गरेको र सोको लागि पनि गृह मन्त्रालयमा पत्राचार गरिएको तर मन्त्रालयले रकम पठाइ नसकेकोले जिल्ला विपत व्यवस्थापन कोषबाट रकम दिने तयारी भएको पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here