मधेशमा दुईखाने राजनीतिक दलहरु सकृय भएको देखिन्छन्,मधेश आन्दोलनपछि । बिभिन्न नाउमा स्थापित भइ हाल समाजवादी पार्टी नाउले परिचित उपेन्द्र यादवको पार्टी र यस्तै बिभिन्न नाउबाट परिचित हुदै हाल राजपा रहेको पार्टी । यी दुई पार्टीको आफ्नो स्वार्थ,तालमेल लगायतका गतिबिधिहरु मधेशमा देखिन्छन् । कहिले उपेन्द्र यादव सरकारमा सहभागी हुन्छन् र राजपा प्रतिपक्षमा बस्छ । राजपा सरकारमा गयो भने उपेन्द्र यादव सरकार बाहिर रहन्छन् ।
तर,प्रदेश नम्बर २ मा भने राजपा र समाजवादी पार्टीको संयुक्त सरकार छ । यी दुई पार्टीको प्रदेश २ को सरकारका बिषयमा बजारमा केही टिकाटिप्पणी भएपनि सरकार चलिरहेको छ तर बेला बेलामा केही कुरा बाहिर पनि आउने गर्दछ । त्यसो त प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत मन्त्री फेर्ने तयारीमा रहेको बताइएको छ । उता,राष्ट्रिय सभाको चुनावमा नेकपा र राजपाबीचमा सहकार्य भएको छ ।
जसको असर नेपाली कांग्रेसलाई परेको छ । कांग्रेस राष्ट्रिय सभामा कांग्रेस पछिल्लो चुनावमा निल भएको छ । अहिले उपसभामुखको कुरा पनि आएको छ । राजपासंग ठूलो पार्टी नेकपा नजिक भएपछि धेरै कुरा आएको छ अब यो गठबन्धन लामै समय रह्यो भने जे पनि नहोला भन्न सकिन्न । जे पनि भनेको प्रदेश २ को सरकार पनि फेरबदल हुने र संघीय सरकारमा पनि राजपा सहभागी हुने ।