पुष्पराज खतिवडा,नरेश गुप्ता

मनहर्वा, बरियारपुर,जंगली हात्तीको आक्रमणबाट शुक्रबार बिहान बारामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका(२ अवधापुरका ४५ वर्षीय रामदेव राउत कुर्मीको मृत्यु भएको हो । पूर्व(पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको चारकोशे झाडीको जंगलबाट २० किमी दक्षिणमा पर्ने जिल्लाको सदरमुकाम कलैयास्थित आफनो खेतमा काम गरिरहेको अवस्थामा पटेललाई बिहान ८ बजेतिर हात्तीले आक्रमण गरेको थियो । स्थानीय दीपेन्द्र पटेलका अनुसार जंगलबाट आएर गाउँको पोखरीसँगै रहेको मन्दिर छेउमा हात्ती बसेको थियो । सोही बाटोबाट खेतको काम गर्न जाँदा पटेलमाथि हात्तीले आक्रमण गरेको हो । संगै रहेका अर्का एकले भनेर भागेर ज्यान जोगाएका थिए । पटेललाई हात्तीले लखेटिलखेटी आक्रमण गरेको र लगेको अवस्थामा कुल्चिएर ज्यान लिएको हो ।आक्रमणबाट घाइते भएका कुर्मीलाई कलैया अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । छिमेकी साथीसंग खेतमा काम गरिरहेका बेला कुर्मीलाई हात्तीले आक्रमण गरेको हो ।डीएसपी मिश्रले हात्तीलाई निगरानी गर्दै जंगलतिर फर्काउन दिनभरी गरेको प्रयास बिफल भएको भएपनि अहिले ‘स्थित’ अवस्थामा राखिएको बताउनुयो । ‘जंगलतर्फ नै फर्काउने प्रयास गरेका थियौं, उहाँले भन्नुभयो, तर शंभव नभएपनि सुरक्षाकर्मीले घेरा हालेर पसाहा खोला किनारामा राखेका छन । डीएसपी मिश्रका अनुसार उक्त हात्ती हाल महागढीमाई नगरपालिका वडा नम्बर १० स्थित गंजभवानीपुर नजिकको पसाहा नदी किनाराको काँस घारीमा लुकेर बसेको छ । उहाँले हात्ती नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट घरपालुवा हात्ती मगाइएर जंगलतर्फ फकाउने प्रयास भए पनि असफल भएको उहाँले बताउनुभयो । आरक्षबाट मगाइएको घरपालुवा हात्तीसंंगै नेपाली सेना, प्राविधिक, नेपाल र सशस्त्र प्रहरीले हात्तिको ‘रेकी’ गरिरहेको छ । जंगली हात्ती शुक्रबार साँझसम्म पनि पसाहा नदी किनारामा रहेको र अध्यारो भएकोले कारबाही गर्न नसकिएको उहाँले बताउनुभयो । डिएसपी मिश्रले शनिबार बिहानबाट हात्ती नियन्त्रणमा लिने प्रयास फेरि सुरु गरिने बताउनुभयो ।

Leave a Reply