राजन कुमार बानिया
पोखरिया,रक्तदान जीवन दान भन्ने अभियानकासाथ पर्साको पोखरिया नगरपालिकामा शुक्रबार नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा, आकास एफएम र सशस्त्र प्रहरी पोखरियाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रमको एक समारोहबीच पोखरिया नगरपालिका नगरप्रमुख दिपनारायण रौनियार र नगरउपप्रमुख सलमा खातुनले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७३ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सरिता चौधरी, उर्मिला गिरी, धुर्वताराकुमारी केवट, श्रुती साह र पुरुषहरुमा वडा अध्यक्ष बंका राउत कुर्मी, बृजेश दुबेदी, उमेश पटेल, महमद गनी असारी, अनिल कुमार, जनार्दन गिरी, सुमन बर्णवाल, बिजय पटेल, बृजेश साह कानु, रुपेश चौहान, बिसालकुमार कानु, कमलदिप पटेल, दिपेन्द्र चौहान, बिराज पटेल, सिधार्थ पटेल, संजय साह, पुनित साह, निरज साह, लक्ष्मीप्रसाद चौहान, चन्द्रकिसोर महतो, लालबहादुर साह, कन्हिया पटेल, सधिल पटेल, दिपक चौहान, कृष्णा साह रौनियार सुरज ठाकुर, मनदिप राउत हरेन्द्र चौहान, श्रवण पटेल, मनोज चौहान, चक्रबहादुर कार्की, प्रहलाद खडका, राकेसकुमार चौहान, संजय पटेल, महेन्द्र ठाकुर, दिपेन्द्र ठाकुर, कृष्णा पटेल, द्वारिकानन्द राउत, सुनिल साह, नन्दकिसोर गिरी, बिनय पटेल, हरेन्द्र साह, बिरेन्द्र साह, प्रमोद महतो, नन्दु साह, बिरेन्द्र कुशवाहा, राधेश्याम साह, जाबेद आलम, सुदिप कुर्मी, राजेश साह, राकबिनय साह, मुनिलाल साह, संजय पटेल, राकेश चौहानलगायत ७३ जनाले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मीको सभापतित्वमा भएको रक्तदान कार्यक्रमका रक्तदातालाई पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार र उपप्रमुख सलमा खातुनले प्रमाण पत्र वितरण गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दयाशंकर सिंह, संविधान सभा सदस्य प्रधुमान चौहान, रामेश्वर रौनियार, रेडक्रस सोसाइटी उपशाखा संसथापक अध्यक्ष मुन्सी महतो, उपशाखाका कोषाध्यक्ष बिनोद गिरी, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता, सुरेन्द्र पटेललगायतको सहभागिता रहेको थियोे ।