सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले सोमवार अमलेखगञ्जका विभिन्न क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।खेलकुद क्षेत्रमा सक्रिय रहि वडा कार्यालयमा सूचीकृत भएका तमु क्लब, ठाकुर मन्दिर युवा क्लब र सिद्देश्वर मध्यवर्ती क्षेत्र युवा क्लबलाई वडा कार्यालयले खेलकुद सामग्री वितरण गरेको हो ।वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच वडाध्यक्ष सुवास श्रेष्ठले क्लबका अध्यक्ष र खेलाडीलाई जर्सी, कट्टु, जुत्ता, फूटबललगायतका सामग्री वितरण गर्नुभएको थियो । वडाध्यक्ष श्रेष्ठले तमु क्लबका अध्यक्ष नरेश गुरूङ, ठाकुर मन्दिर युवा क्लबका अध्यक्ष धिरज कार्की र सिद्देश्वर मध्यवर्ती क्षेत्र युवा क्लबका अध्यक्ष निशान शाही ठकुरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।खेलकुद सामग्री वितरण कार्यक्रममा कार्यपालिका सदस्य सुकु कुमारी, वडा सदस्य बद्रीनारायण साह, जमुना गौतम, सीता विक, वडा सचिव जीवन थापालगायतको उपस्तिथि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here