कलैया,लायन्स क्लब अफ कलैयाले बुधबार कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको श्री सरस्वति विद्या मन्दिर स्कुलका गरिब, असहाय तथा दलित एवं जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबका अध्यक्ष दिलिपकुमार चौधरीले दिएको जनकारी अनुसार १ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष चौधरीले जनाउनुभएको छ ।
सो अवसरमा विद्यार्थीहरुलाई कापी, पेन्सिल, ईरेजर, कटर तथा चकलेट वितरण गरिएको कार्यक्रम संयोजक मुकेश साहले बताउनुभयो । शाखा अध्यक्ष चौधरीले आफूहरु सामाजिक कार्यमा जहिले पनि अग्रसर हुदै आएको बताउदै गत वर्ष कोभिड महामारीको समयमा पनि स्वास्थ्य सामग्री वितरण र कलैया नगरमा सेनिटाईजर गर्ने जस्ता काम गरेको जानकारी दिनुभयो । उहाँले क्लबको पहलमा जिल्ला अस्पताल कलैयामा अक्सिजन बैंक स्थापना गरेको पनि बताउनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अर्का संयोजक ईन्द्रजित कुशवाहा, वडा अध्यक्ष सैफुल्लाह मिया अन्सारी, विद्यालयका प्रधानाध्यापक बिनोद पासवान, कलैया उपमहानारपालिकाका शिक्षा शाखाका अधिकृत विजय अधिकारी, लायन्स क्लब उपाध्यक्ष नबिन अग्रवाल, सचिव सुर्यजित सिंह, कोषाध्यक्ष सुभाष जैसवाल र सदस्यहरु प्रदिप साह उर्फ गोल्डेन, बृजकिशोर साह, शिवजी यादब, पवन कुशवाहा, श्याम खेतानलगायत विद्यार्थी एवम अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।